नियम ३९
बाधा अड्काउ फुकाउने अधिकार
(१) यस नियमावलीको प्रयोग गर्दा पर्ने बाधा अड्काउ फुकाउन संविधान तथा यस नियमावलीको अधीनमा रही आवश्यक आदेश दिने अधिकार सभामुखलाई हुनेछ । (२) उपनियम (१) बमोजिमको बाधा अड्काउ फुकाउँदा सभामुखले अध्यक्षसँग परामर्श लिनेछ ।